अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

कश्मिरमा सेना र विद्रोही समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार १ गते ५:४० मा प्रकाशित

कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएकाे छ ।भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको हाे ।

गस्तीमा रहेको सैनिक टोलीमाथि हमला भएपछि जवाफी कारबाहीमा उनीहरु मारिएको जनाइएको छ । लाइन अफ कन्ट्रोल नजिकै पर्ने जुमागण्ड क्षेत्रमा घटना भएको र सेना तथा प्रहरीले थप आतंककारीहरुको खोजी गरिरहेको पनि सेनाले जनाएको छ । तीन दिन अघि पनि सोही क्षेत्रको दोबानरमा दुई आतंकारीहरु मारिएका थिए । सुरक्षाकर्मीले एके फोर्टी सेभने राइफल र ठूलो मात्रामा गोली बरामद भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू