अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 05:28

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०८० जेठ ३१ गते ६:१६ मा प्रकाशित

साताको चौँथो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको थियो। बुधबार ९ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ ।मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा बुधबार १४ सय २५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू