अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव

बिआरटीनेपाल २०८० जेठ ३० गते ६:१९ मा प्रकाशित

अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव भएको छ । काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको बीबीसी हिन्दीले जनाएको छ । नगरपालिकाले अब काबुलका नागरिकलाई मृतकलाई सहरबाहिर अर्को ठाउँमा लैजानुपर्ने बताएको छ । काबुल सहरमा तीन सयभन्दा बढी चिहान स्थल छन् । तर कैयौँ वर्षदेखि चल्दै आएका युद्धको कारण शव गाड्ने ठाउँ अभाव भएको खबरमा उल्लेख छ ।

सहरमा बढ्दो जनसङ्ख्या र अवैध बस्तीको निर्माणका कारण खाली ठाउँको अभाव भएकाले नयाँ चिहान निर्माण हुन सकेको छैन । काबुल नगरपालिकाले मानिसहरूलाई प्रयोग गर्न भनेको नयाँ चिहान सहरबाट धेरै टाढा भएकाले समस्या भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू