इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । व्यापार उद्योगका धनी एवं शक्तिशाली व्यक्ति ९टाइकुन०बाट राजनीतिज्ञ बनेका बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको हो । सन् १९३६ को सेप्टेम्बर २९ मा इटालीको मिलानमा जन्मेका दक्षिणपन्थी नेता बर्लुस्कोनी आफ्नो वित्तीय र यौन घोटालालाई लिएर पनि चर्चित हुनुहुन्थ्यो । तर, इटालीयन राजनीतिलाई समेत परिवर्तन गरेका उहाँको चुनावी क्षेत्रको प्रभुत्वले इटालियन पुस्ताको विचारलाई नै प्रभावित पारेको थियो ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत तुलना गरिने बर्लुस्कोनीले आफ्नो व्यापारलाई रियल स्टेट र निर्माण व्यवसाय हुँदै मास मिडियामा विस्तार गर्नुभएको थियो । सन् १०७० र ०८० को दशकको बीचमा उहाँले एक मिडिया साम्राज्य नै खडा गर्नुभएको थियो । जसमा एक पब्लिसिङ हाउस र लोकप्रिय केबल टीभी नेटवर्क मिडियासेट समावेश थियो । मिडियासेट इटालीको सरकारी स्वामित्वको टेलिभिजनको सबैभन्दा ठूलो प्रतिस्पर्धीको रूपमा चिनिन्छ।