अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने ९ जना पक्राउ

बिआरटीनेपाल २०८० जेठ १७ गते ६:४२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिस्त नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजाे मङ्गलवार अनामनगरमा रहेकाे सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सीपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा धादिङकाे सलाङ–४ घर भई काठमाण्डाै बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँकेकाे कोहलपुर–१ का २८ वर्षीय सतिश राजावादी, रामेछापकाे सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी,२० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।

उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरूपमा नाराबाजी गरेका थिए ।  पूर्वप्रधानमन्त्री खनालविरुद्ध याे समूहले आक्रोशित हुँदै नाराबाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया