अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 16:34

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि उद्योग व्यवसायीको आग्रह

बिआरटीनेपाल २०८० जेठ १३ गते ८:४९ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण र नियमित संचालनका लागि पहल गर्न भैरहवाका उद्योगी व्यवसायीहरूले आग्रह गरेका छन्। निर्माण सम्पन्न भएर उद्घाटन गरिएको एक वर्ष बित्दा पनि विमानस्थल नियमित संचालनमा आउन नसक्दा विमानस्थललाई लक्षित गरी संचालन गरिएका पेशा व्यवसाय नै धरासायी हुन लागेको भन्दै उद्योगी व्यवसायीहरूले लुम्बिनी प्रदेशका मन्त्रीसँग पहलको लागि आग्रह गरेका हुन्।

लुम्बिनी प्रदेशकै महत्वपूर्ण र गौरवको आयोजनाको रूपमा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन हुन नसक्दा सिंगो लुम्बिनीकै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनीहरूको भनाई छ।विमानस्थल संचालनका लागि संघीय सरकार र नागरिक उड्डयन प्राधिकरणलाई प्रदेश सरकारमार्फत निरन्तर दवाव र पहल गर्न उनीहरूले आग्रह गरे। शनिबार भैरहवामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रूपमा संचालनका लागि विभिन्न दवावमूलक कार्यक्रम गरेपनि सुनुवाइ नभएको दुखेसो गरे।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के) सहभागी उक्त कार्यक्रममा व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को भारत भ्रमण अघि नै भारत सरकारसँग विमानस्थलबारे छलफलका लागि वातावरण गराउनुपर्ने बताउनुभयो । उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थल निर्माणका लागि सयौं घर परिवार बेघर हुँदै वर्षौंदेखि बसोबास गर्दै आएको घरजग्गा दिएपनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन हुन नसक्दा नागरिक निराश भएको बताउनुभयो । भारतीय खुल्ला सीमाका कारण फस्टाउन नसकेको भैरहवा क्षेत्रको उद्योग व्यवसाय विमानस्थल संचालनमा आउन नसक्दा झनै थला परेको ज्ञवालीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू