अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 22:55

सगरमाथाको आरोहण गरेर विश्व रेकर्ड बनाएका बुढामगरको स्वागत

बिआरटीनेपाल २०८० जेठ ९ गते ५:०४ मा प्रकाशित

घुँडासम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगर सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्बिनुभएको छ ।बिश्व रेकर्ड कायम गरेका बुढामगरको विमानस्थलमा भब्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढामगरलाई सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती,पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित विमानस्थलमा स्वागत गर्नुभएको थियो । यही जेठ ५ गते दिउँसो तीन बजे बुढामगरको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको थियो ।

योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेर विश्व किर्तिमान समेत बनाउनुभएको छ ।सगरमाथा आरोही बुढामगरको स्वागतका लागि बिमानस्थलमा उनका आफन्त,रोल्पा जिल्लाका सर्वसाधारण लगाएत अन्य ब्यक्तिहरुको घुुइचो लागेको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले अपांगता भएका ब्यक्तिले पनि सफलता हासिल गर्नसक्छ भन्ने उदाहरण पेश गरेको प्रतिक्रिया दिनुभयो ।

बुढामगरले बेलायती सेनाको तर्फबाट अफगानिस्तान युद्धमा खटिएको बेला सन् २०१० मा विष्फोटमा परि दुवै खुट्टा गुमाउनुभएको थियो ।। ढामगरले यस अघि चुलु,किलिमन्जारो,मेरापिक लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू