अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 22:39

दुवै खुट्टा गुमाएका बुढा मगरद्धारा सगरमाथाको सफल आरोहण

बिआरटीनेपाल २०८० जेठ ६ गते ८:४९ मा प्रकाशित

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गर्नुभएको छ । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ ।सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो ।

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको दोब्बरभन्दा धेरै हुन्छ ।

यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो शनिवारदेखि सगरमाथाको आरोहण सुरु भएको हो । सामान्यतया सगरमाथा आरोहणका लागि मे २९ सम्मको समय अनुकूल हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू