अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 22:39

नेपालको व्यापार वृद्धिका लागि एडीबीको ३० करोड डलर

बिआरटीनेपाल २०८० जेठ ५ गते ४:३७ मा प्रकाशित

एसियाली विकास बैंक (एडीबी) ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति त्याे रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग काेरिडोरको हिस्साको रूपमा पूर्व–पश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडीबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।  मनिलामा रहेकाे बैंकको प्रधान कार्यालयले बुधवार त्याे ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तर्राष्ट्रियस्तरको त्याे सडकमा ट्राफिक सङ्केत, सडक बत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू