अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 22:57

स्पेनी नागरिकको हिमाल आरोहण प्रयास चौधौं पटक असफल

बिआरटीनेपाल २०८० जेठ ४ गते ६:३४ मा प्रकाशित

स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको धौलागिरी हिमालको सफल आरोहण गर्ने प्रयास यस पटक पनि सफल हुन सकेन ।धौलागिरि आरोहणका लागि गएका फोन्तेन शिखर भन्दा केही तल दूर्घटनामा परेपछि उनको चौधौं पटकको प्रयास पनि सफल हुन नसकेको हो ।८ हजार १ सय ६७ मिटरको उचाइको तेस्रो शिविरबाट माथि जाने क्रममा फोन्तेन दूर्घटनामा परी घाइते भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । यसैबीच, विभिन्न देशका आठ जना पर्वतारोहीहरुले बुधबार धौलागिरि हिमालको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक मार्फत् गएका नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पा बुधबार बिहान विश्वको सातौं अग्लो शिखरमा पुगेका हुन । यस्तै, पायनियर एडभेन्चरबाट गएका सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पा पनि बुधबार विहान नै धौलागिरिको चुचुरोमा पुगेका थिए । धौलागिरि आरोहणका लागि यो सिजनमा ११ महिलासहित ३५ जनाले अनुमति लिएका छन ।

उता, सेनाको सफा हिमाल अभियानमा संलग्न संखुवासभाका फुर्वा शेर्पाको सगरमाथाबाट झर्ने क्रममा मृत्यु भएको छ । सगरमाथाको सफाइ आरोहण सकेर फर्किने क्रममा लडेर उनको मृत्यु भएको र सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू