भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।भारतबाट पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ बढी र डिजलमा ८ रुपैयाँ बढी घटेर आएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई अघिल्लो पटकको मूल्यभन्दा पेट्रोलको लिटरमा ९ रुपैयाँ ५२ पैसा र डिजलको ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको हो ।आईओसीले निगमलाई प्रत्येक १५ दिन अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउने गर्छ । यसै अनुसार आईओसीले १५ दिनअघिको तुलनामा सोमबार पठाएको मूल्य सूचीमा भाउ उल्लेख्य घटाएर पठाएको हो ।
यो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा निगमले भने सञ्चिति नोक्सान देखाउँदै समायोजन गर्ने गरेको छैन । पछिल्लो मूल्यसँगै निगमको नाफा उल्लेख्य हुने देखिएसंगै निगमलाई मूल्य घटाउन थप दबाब बढ्ने देखिएको छ । यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा झण्डै साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ । योसँगै निगमले पनि मूल्य घटाउने तयारी गरिरहेको बुझिएको छ ।