धितोपत्र बजार मापक नेप्से परिसूचक पाँचौँ कारोबार दिनमा १२.७३ अंकले बढेको छ । आज कारोबार रकममा वृद्धि भएको छ ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.६९ प्रतिशतले वृद्धि भएको हो । आज कारोबार रकम ११ करोड २४ करोड रुपैयाँले बढेको हो । बुधबार ६२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज २७६ धितोपत्रको २५ लाख ३३ हजार ७१४ कित्ता ७३ करोड २६ लाख रुपैयाँमा खरिदबिक्री भएको हो । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ ।
आज दुई ऋणपत्रको मूल्य सर्वाधिक घटेको छ । मूल्य घट्नेमा एनएमबि डिबेन्चेर ८.५० प्रतिशत–२०८७/०८८ र १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ रहेका छन् ।एनआईबीएल ग्रोथ फन्डको इकाइ मूल्य र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नबिल बैंकको प्रमोटर सेयर सबैभन्दा बढीको खरिदबिक्री भएको छ । यो बैंकको चार करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिद–बिक्री भएको छ ।
आज शिवम् सिमेन्टको दुई करोड २१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज नेप्सेमा सूचीकृत ‘ए’ क्याटागोरीमा रहेका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५८ प्रशितले वृद्धि भएको छ ।