अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 05:53

नेप्सेका कर्मचारी आन्दोलित

बिआरटीनेपाल २०८० वैशाख २० गते ७:४८ मा प्रकाशित

नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा नेपाल स्टक एक्सचेन्जका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएसंगै नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।नेप्से कर्मचारी संघले आज नेप्से परिसरमा ब्यानरसहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । संघका अध्यक्ष नवराज थापाले नेपालको आर्थिक र भूगोल अनुसार पनि नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको बताउनुभयो ।

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न चाहना भएको व्यक्तिलाई नेप्सेमै लगानी गर्न पनि उहाँले सुझाब दिनुभयो । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता नरहेको भन्दै आफुहरुले बोर्डमा नयाँ स्टकका लागि आवेदन दिएका ३ वटै कम्पनीलाई यही हालको नेप्सेमा लगानी गर्न आह्वान गरेका पाण्डेले जानकारी गराउनुभयो ।

नेप्सेलेलाई तत्काल आईपीओ जारी गर्न उनीहरुले माग गरेका छन् । नेप्सेलाई पुनः संरचनाबाटै आधुनिकिरण गर्न भन्दै उनीहरुले यही सालभित्रै नेप्सेको पुनः संरचना गर्न जोडदार माग गरेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी कर्मचारीले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू