अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 05:54

शेयर बजार १९ अङ्कले घट्याे

बिआरटीनेपाल २०८० वैशाख १७ गते ६:२८ मा प्रकाशित

शेयर बजार आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बजार घटेको दिन आज कारोबार रकम भने केही बढेको छ । आज दुई सय ७१ वटा कम्पनीका ३२ लाख छ हजार कित्ता शेयर ९५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको चार करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ काे शेयर तीन प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू