अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 10:55

औलो नियन्त्रणमा सरकारले सफलता हासिल गर्‍यो

बिआरटीनेपाल २०८० वैशाख १२ गते ४:४४ मा प्रकाशित

‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार विश्व औलो दिवस मनाइएको छ ।नेपालमा पनि मंगलबार विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिवद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।

काठमाडौंमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो दिवसको अवसरमा कार्यक्रम आयोजना गरी औलोबारे जनचेतनामुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले विगत १० वर्षको तुलनामा औलो नियन्त्रणमा सरकारले सफलता हासिल गरिरहेको बताउनुभयो ।उहाँले २०७० भन्दा अघिसम्म ३ हजार हाराहारीमा औलोका बिरामीहरु भएपनि अहिले ५ सय भन्दा कम मात्रै बिरामीहरु रहेको बताउनुभयो । उहाँले औलो नियन्त्रणमा चुनौति रहेपनि निगरानी गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले आयातित औलो नियन्त्रण नै नेपालका लागि मुख्य चुनौति रहेको बताउनुभयो । औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमानाका र भौगोलिक विकटता औलो निवारणका चुनौति रहेको बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवा विभाग स्वास्थ्य साक्षरतामा स्पष्ट खाकासहित अघि बढेको बताउनुभयो । उहाँले औलो नियन्त्रण गर्दै नेपाल लाखौँबाट सयौँमा आउनु आफैंमा खुशीको कुरा भएको बताउनुभयो । उहाँले औलो रोगलाई शुन्यमा झार्न पहल गर्नेपनि बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपालमा विगतसय वर्ष यता औलोको समस्या रहने गरेको पाइएको छ । औलोका कारण बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू