अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४
| Colorodo: 15:39
शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ विन्दुमा पुगेको छ ।आज बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहबाहेकका समूहको शेयर बढ्दा जीवन बीमा, उत्पादन र विकास बैंक समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।
बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ७० वटा कम्पनीका २२ लाख ६० हजार कित्ता शेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । हिजो आइतवरा ८२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको आठ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।