अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 05:48

शेयर बजार दाेहाेराे अङ्कले घटेर १९ सय विन्दुभन्दा तल झर्‍याे

बिआरटीनेपाल २०८० वैशाख १० गते ६:०३ मा प्रकाशित

हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार नौ सय विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज (आइतवार) १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० विन्दुमा झरेको हो ।आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर घटेर राताम्मे हुँदा जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जलविद्युतलगायतका समूहको शेयर पनि उच्च अङ्कले घटेको छ ।

शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता शेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको बिहीवार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावरको तीन करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज गुडविल फाइनान्स र गणपति लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज आदर्श लघुवित्त, सनराइज व्यूसीप फन्ड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू