अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 05:56

शेयर बजारका सबै सूचक ओर्लिए

बिआरटीनेपाल २०८० वैशाख ७ गते ६:४२ मा प्रकाशित

यस साताको कारोबारको अन्तिम दिन धितोपत्र बजारका सबै सूचक ओर्लिएका छन् । नेप्से परिसूचक १५।७ अंक घटेर १९०४ मा झरेको छ । १७८ कम्पनीको मूल्य घट्दा ३३ को बढ्यो भने ८ को स्थिर रह्यो । कुल ९८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड बढी हो । सबै उपसमूहका सूचक ओर्लिर्एका छन् । बैंकिङ ५.३, विकास बैंक ४७, फाइनान्स २४, होटल तथा पर्यटन ७, जलविद्युत् ३२, जीवन बीमा ७६, उत्पादन ४४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ३५, अन्य १३ र ब्यापार उपसमूह ११ अंक घटे ।

कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । आदर्श लघुवित्तको १० र सामलिङ पावरको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, कुमारी बैंक संस्थापक, एसियन लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टड बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू