अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 08:40

घट्यो युरोको मूल्य, डलर स्थिर

बिआरटीनेपाल २०८० वैशाख ३ गते ७:५० मा प्रकाशित

आइतबार डलरको भाउ स्थिर रहेको छ। यो दिन शनिबार कारोबार भएकै मूल्य एक डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम रहेको छ। शनिबारको तुलनामा युरोको मूल्य भने घटेको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीमा १४४ रुपैयाँ ६६ पैसा छ। शनिबार युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा रहेको थियो।

आज क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा पाइन्छ।त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आइतबार ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ।

यस्तै कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिददर आइतबार ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४२८ रुपैयाँ ७१ पैसा पुगेको छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू