अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१
| Colorodo: 08:36
भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता ई. मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको हो।’१५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर थियो’, उहाँले भन्नुभयो, ‘अहिले ८५ पुगिसक्यो’।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र/पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।