अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 08:36

शेयर बजार ९२ अङ्कले बढेर हरियाली, सबै कम्पनीको शेयर उकालो लाग्यो

बिआरटीनेपाल २०७९ चैत २९ गते ७:५१ मा प्रकाशित

शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार उच्च अङ्कले उकालो लागेको हो ।नेप्से आज ९२ दशमलव २२ अङ्कले बढेर एक हजार ९ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता शेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भयो । आज आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले उकालो लागेको छ । कारोबार भएका सबै कम्पनीको शेयर बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू