अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 18:57

शेयर बजारमा ५० लाख जनसङ्ख्याको लगानी र चासो छ, बेवास्ता गर्न मिल्दैन ः अर्थमन्त्री महत

बिआरटीनेपाल २०७९ चैत २० गते ७:३५ मा प्रकाशित

अर्थ मन्त्री डा. प्रकाशशरण महतले शेयर बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शेयर लगानीकर्ताहरूको टोलीसँग आज सोमवार मन्त्रालयमा भएको छलफलमा मन्त्री महतले बजारका समस्या समाधान गरेर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको हो ।

देशको अर्थतन्त्रको अनुहार देखाउने प्रमुख सूचक शेयर बजार पनि भएको भन्दै मन्त्री महतले नीतिगत र व्यावहारिक दुवै विषयमा आफ्नो ध्यान जाने बताउनुभएको हो । उहाँले राष्ट्र बैंकका नीतिका कारण शेयर बजारमा असर परेको भएमा त्यतातर्फ पनि आफ्नो ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो समय शेयर बजार आधा करोडभन्दा धेरै मानिसको प्रत्यक्ष चासो र लगानीको विषय भएकाले यसलाई बेवास्ता गर्न नमिल्ने अर्थ मन्त्रीको भनाइ छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगै ब्रोकर सङ्घ, मर्चेन्ट बैंकर तथा अन्य लगानीकर्ता सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू