अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 00:14

राहुल गान्धीको सांसद पद खारेजी प्रकरण-विपक्षी दलका सांसदद्वारा कालो पोसाक लगाएर प्रदर्शन

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:२० मा प्रकाशित

भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसका सांसदले संसदमा कालो पोसाक लगाएर विरोध प्रदर्शन गरेपछि दुवै सदनको बैठक स्थगित भएको छ । कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजी प्रकरणलाई लिएर कांग्रेससहित १७ वटा प्रतिपक्षी दलका सांसदहरू कालो पोसाकसहित सदनमा उपस्थित भएर सरकारको विरोध गरेका बीबीसी हिन्दीले जनाएको छ । उनीहरूले भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको बताएका छन् । बिहान ११ बजे राज्यसभा तथा लोकसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेका थिए ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुनले प्रधानमन्त्री मोदीले भारतमा लोकतन्त्र सिध्याउन लागेको कुरा उजागर गर्न प्रतिपक्षले कालो वस्त्र धारण गरेको बताउनुभयो । भारतीय राष्ट्रिय कांग्रेसले सुरु गरेको ब्ल्याक प्रोटेस्टमा तृणमुल कांग्रेसले पनि सहभागिता जनाएको छ । भारतीय कांग्रेसले अहिले देशभर ब्ल्याक प्रोटेस्टको घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू