अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 17:44

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

बिआरटीनेपाल २०७९ फागुन १० गते ६:०९ मा प्रकाशित

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको भन्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।अध्ययन समितिले किसान, उद्योगी, बजारसहित अध्ययन गरेर तयार पारेको प्रतिवेदनअनुसार दूध प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको उहाँले बताउनुभयो । बढेको मूल्यको ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीले पाउने उहाँले दाबी गर्नुभयो । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि कार्यान्वयनमा जानेछ ।

यसअघि २०७८ माघ मा दूधको फ्याटका आधारमा प्रतिलिटर नाैदेखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । राष्ट्रिय दुग्ध विकास नीतिअनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो ।अहिले दूधको उपभोक्ता मूल्य ८६ रुपैयाँ रहेको छ । तर खुलारूपमा बिक्री हुने दूध अहिले पनि प्रतिलिटर एक सय रुपैयाँ वा त्योभन्दा माथि पनि बिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू