अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४
| Colorodo: 16:49
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । गत पुषको अन्तिम साता २ हजार १० जनामा गरिएको सर्वेक्षणमा ८४ प्रतिशत बढी उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि दोहोरो अंकमा पुग्ने हुने आकलन गरेका छन् ।
जसमा ९२ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि अझ बढ्ने अनुमान गरेका छन् । सर्वेक्षणमा तीन महिनामा मध्यक अपेक्षित मुद्रास्फीति १० प्रतिशत र एक वर्षमा १२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।