अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

जिम्मेवारी पाएको ८ दिनपछि खानेपानीमन्त्री अब्दुल खानद्धारा पदभार ग्रहण

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:०३ मा प्रकाशित

खानेपानीमन्त्री अब्दुल खानले जिम्मेवारी पाएको ८ दिनपछि पदभार सम्हाल्नुभएको छ । पुस ११ गते जनमत पार्टीबाट विनाविभागीय मन्त्री बनेका खान माघ ३ मा खानेपानीमन्त्री बन्नुभएको थियो । तर, पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उहाँ मन्त्रालय जानुभएको थिएन ।मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्नुभयोे । पदभार ग्रहण गर्दै मन्त्री उहाँले सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताउनुभयो ।

स्वच्छ खानेपानीको अभावले लाखौं मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परीक्षण गर्ने कामको सुरूवात गर्नुपर्नेमा खानले जोड दिनुभयो । खानेपानीसम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उहाको भनाई थियो । मन्त्री खानले नीतिगतदेखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय