अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न सकिँदैन – अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ माघ ८ गते ६:१८ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताउनुभयो । यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने ओलीको भनाई थियो ।

लोकतान्त्रिक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्दत पुराउन सकिने भन्दै ओलीले प्रणालीलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफूहरुको भएको धारणा राख्नुभयो । त्यस्तै, ओलीले ४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष ओलीले आयुर्वेद भनेको उपचार मात्रै नभएर जीवनपद्धति पनि भएकाले यसलाई सबैले अवलम्वन गर्नुपर्ने जिकिर गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय