अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४
| Colorodo: 07:49
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनका लागि पार्टीले राम्रो तयारी गरेको बताउनुभएको छ । शनिबार उपसभामुखको निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा ओलीले भन्नुभयो, “राष्ट्रपतिको तयारी राम्रो छ ।”
ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उमेदवारका पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आउनुभएको छ । उहाँले आफूहरूले सत्तामा गठबन्धन नभई सहकार्य गरेको पनि बताउनुभयो । सत्ता गठबन्धनमा आबद्ध सात दलबीच सहकार्य भएको ओलीको भनाइ थियो ।
त्यसक्रममा ओलीलाई सञ्चारकर्मीले ‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा ओलीले भन्नुभयो, “हामीले गठबन्धन गरेकै छैन, के भत्काउने रु सहकार्य गरेको हो नि । उपसभामुख चयन भइसक्यो ।”
