अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 09:00

शेयर बजारमा सामान्य वृद्धि

बिआरटीनेपाल २०७९ माघ ५ गते ३:४८ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्सेमा बिहीबार सामान्य अंकले वृद्धि भएको छ । नेप्से ५ अंकले वृद्धि भएर २१ सय ७८ मा थामिएको छ । बिहीबार ८५ कम्पनीको शेयरमूल्य उकालो लाग्दा १ सय ८ कम्पनीको भने घटेको छ ।

बिहीबार कारोबारमा आएका समूह मिश्रित देखिएका छन् । बिहीबार व्यापार समूहको २ प्रतिशतले वृद्धि हुँदा जलविद्युत, लगानी, म्युचल फण्डको शेयर मूल्य एक प्रतिशतले वृद्धि भएको छ । बिहीबार होटल तथा टुरिजम १ प्रतिशतले घट्दा विकास बैंक, वित्त, लाइफ इन्सुरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समूह भने एक प्रतिशत भन्दा कमले घटेको छ ।

बिहीबार २ सय ४६ कम्पनीको ८२ लाख कित्ता शेयरको ३ अर्ब माथिमा खरीद बिक्री भएको छ । नेप्सेका अनुसार बिहीबार दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिहीबार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८ रुपैयाँ पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ४९८ रुपैयाँ पुगेको छ ।

बिहीबार कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । बिहीबार कारोबार रकमको आधारमा एनआइसि एसिया बैंकको १८ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू