अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

उपसभामुखकाे चुनाव माघ ७ गते

बिआरटीनेपाल २०७९ माघ ५ गते ३:३७ मा प्रकाशित

प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ ।  प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखकाे भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदकाे चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावकाे सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद  देवराज घिमिरेलाई निर्वाचित गरेको छ । घिमिरेकाे पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय