अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

कांग्रेसबाट न्याैपानेद्वारा सभामुखमा उम्मेदवारी, प्रस्तावकमा विश्वप्रकाश शर्मा

बिआरटीनेपाल २०७९ माघ ४ गते ४:५५ मा प्रकाशित

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाकाे सभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ । आज बुधवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुगेर सांसद न्याैपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ ।  न्याैपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

न्याैपाने समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनुभएको हो । उहाँ नेपाली कांग्रेसको १२ औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रूपमा रहनुभएको छ । उहाँ २०६४ र २०७० सालको संविधान सभा सदस्य हुनुहुन्थ्यो । तत्कालीन व्यवस्थापिका–संसदमा उहाँ पार्टीको सचेतक हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गुर्नभएका उहाँ नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसक्नुभएको छ । यसअघि आजै सत्तारूढ दलकाे साझा उम्मेदवारका रूपमा नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाकाे सभामुख पदमा  उम्मेदवारी दर्ता  गराउनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय