अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

पोखरा विमान दुर्घटना : थप एक जनाकाे शव भेटियाे, ४८ शवकाे काठमाण्डाैमा पाेस्टमार्टम चल्दै

बिआरटीनेपाल २०७९ माघ ३ गते ५:४९ मा प्रकाशित

पोखरामा आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको यति एअरलाइन्सले जनाएको छ । अझै एक जनाकाे अवस्था अज्ञात रहेकाे र खोजी भइरहेको एअरलाइन्सले जानकारी दिएको छ ।

यसैबीच विमान दुर्घटनामा निधन भएकामध्ये काठमाण्डौ ल्याइएका ४८ वटा शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ । पाेस्टमार्टमपछि आफन्तलाई शव बुझाउने यति एअरलाइन्सले जनाएको छ ।

यस्तै २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएकाे छ ।  गएकाे आइतवार ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना सवार यति एअरलाइन्सकाे विमान सेती नदीकाे खाेँचमा दुर्घटना भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय