अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

पोखरा विमान दुर्घटना :सेनाले उड्डयन प्राधिकरणलाई बुझायो ‘ब्ल्याक बक्स’

बिआरटीनेपाल २०७९ माघ २ गते ४:३४ मा प्रकाशित

आइतबार पोखरामा दुर्घटना भएको विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार उक्त ब्ल्याक बक्स हस्तान्तरण गरेको हो । नेपाली सेनाका सहसेनानी सरोज कोइरालाले सोमबार दिउँसो उक्त ब्ल्याक बक्स नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो ।

यस क्रममा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक विकाश अर्याल, स्थानीय पोखरा महानगरपालिका वडा नं १५ का वडाध्यक्ष तोरण बहादुर बानिया, नेपाली सेनाका प्रमुख सेनानी सन्तोष चन्द, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही लगायतका अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय