अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित

बिआरटीनेपाल २०७९ माघ १ गते ६:१४ मा प्रकाशित

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित भएको छ । पोखरामा आज आइतवार भएकाे विमान दुर्घटनाको शोकमा भोलि साेमवार सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको हो । माघ २ गते भोलि देशभर विभिन्न कार्यक्रम गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृह मन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । भोलिका लागि स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गर्ने तयारी छ । पर्सि मङ्गलवारदेखि भने भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले विभिन्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय