अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

बिआरटीनेपाल २०७९ पुष ३० गते ५:१२ मा प्रकाशित

गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएकाे छ । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे हाे ।उहाँको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गर्नुभयाे । काग्रेसका १ सांसद उपस्थित भएनन् ।

मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हाल्नुभएकाे हाे । सुरुमा उम्मेदवारी दर्ता गर्नुभएका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन ।  गएकाे प्रतिनिधि तथा प्रदेश सभा चुनावमा धिताल गोरखा १(१) बाट निर्वाचित हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय