अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा

बिआरटीनेपाल २०७९ पुष २८ गते ५:३१ मा प्रकाशित

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।गृहमन्त्रीमा रवि लामिछाने आएसँगै सातवटै प्रदेश प्रहरीको नेतृत्व पनि फेरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सरुवा गरिएको छ ।

डीआईजी बसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ । मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका काज भएको छ ।कर्णाली प्रदेशका पोषराज पोख्रेलको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । यस्तै कर्णाली प्रदेश प्रहरीको नेतृत्व भीमप्रसाद ढकाललाई दिइएको छ ।

डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी,गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ र प्रदेश १ प्रहरी कार्यालयमा श्यामलाल ज्ञवालीको काज सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय