नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताउनुभएको छ ।मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा उहाँले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताउनुभएको हो । अध्यक्ष नेपालले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उहाँले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताउनुभयो ।
बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै उहाँले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
