अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको छ : सचिव पौडेल

बिआरटीनेपाल २०७९ पुष २४ गते ३:४३ मा प्रकाशित

परराष्ट्र मन्त्रालयले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताउनुभएको हो ।आइतबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले सबै सदस्य राष्ट्रहरुबीचको सहमति जुटन नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरण समेत दिनुभयो ।

सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखि हुन नसकेको स्मरण गराउनुभयो ।

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरु रहेका छन । ती सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सो सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनि जिज्ञासा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय