अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

शुन्य कमजोरीका साथ काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७९ पुष २३ गते ४:३६ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेले शुन्य कमजोरीका साथ काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । शनिबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाएर म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउनुभयो। मन्त्री लामिछानेले विगतमा भएका कमजोरीलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा छ। आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु, लामिछानेले भन्नुभयो, नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत तपाइँहरूलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु।

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा शहीद भएर मात्र देशभक्ति नहुने भन्दै गृहमन्त्री लामिछानेले अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति भएको बताएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउँदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय