अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

राष्ट्रिय सहमतिको सरकार बनाऔँ: बाबुराम भट्टराई

बिआरटीनेपाल २०७९ पुष २२ गते ६:३३ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको स्थिर सरकारको माग गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले खुट्टा तानातानमा समय खेर फाल्नुको साटो संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले राष्ट्रिय सहमितको स्थिर सरकार बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

विश्वव्यापी आर्थिकमन्दी बढेको र नेपाल अल्प विकास र परनिर्भरताको दुष्चक्रमा फसिहेको अवस्थामा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न नसक्ने उहाँको भनाइ छ।

डा भट्टराईले लेख्नुभएको छ, ”विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन। अतःखुट्टा तानातानमा समय खेर फाल्नुको सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि”?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय