अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

सरकारलाई विश्वासकाे मत दिन धेरै विश्लेषण गर्नुपर्छ, प्रचण्डजीप्रति त ‘पाेजेटिभ’ नै छु : माधव नेपाल

बिआरटीनेपाल २०७९ पुष २२ गते ६:२७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै विश्लेषण गरेरमात्रै सरकारलाई विश्वासको मित दिनेबारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताउनुभएको छ । सरकार कुन ढङ्गले अगाडि बढ्छ ? त्यसलाई हेरेरमात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने उहाँकाे भनाइ थियाे ।

आज शुक्रवार सर्वदलीय बैठकपछि नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष नेपालले व्यक्तिगतरूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सकारात्मक रहेको धारणासमेत राख्नुभयो । उहाँले भन्नुभयाे, ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरूको विषयमा विश्लेषण गर्नेछौँ । व्यक्तिगतरूपमा प्रचण्डजीप्रति मेरो ‘पोजेटिभ’ नै धारणा छ । सरकार कुन ढङ्गले अगाडि बढ्छ ? त्यो हेरिकन हामी टुङ्गो गर्छाैँ । सरकारलाई विश्वासको मत दिन हामीले धेरै विश्लेषण गर्नुपर्छ ।’

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा प्रस्ताव नआएको पनि बताउनुभयाे । उहाँले इच्छुक पार्टीहरूसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताउनुभयो । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताउनुभयो । अन्य साना वामपन्थी दलहरूसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उहाँकाे भनाइ छ । अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै नागरिककाे विषयलाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय