अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय अन्तिम समयमा मात्र : माधवकुमार नेपाल

बिआरटीनेपाल २०७९ पुष २० गते ४:५४ मा प्रकाशित

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय अन्तिम समयमा मात्र लिइने बताउनुभएको छ । युवा संघ नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्नेभन्नेबारे अहिले नै बोल्न हतारो हुने बताउनुभयो ।

प्रचण्डले प्रतिनिधिसभामा २६ पुसमा विश्वासको मत लिनुहुने भएको छ । त्यही दिन पार्टीले निर्णय लिइने सम्भावना रहेको अध्यक्ष नेपालको भनाइ थियो । सरकारबारे बोल्न हतार नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय