अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 03:44

नेपाल निर्यात परिषदद्वारा सहुलियत दरमा बैंकिङ ब्याजकाे व्यवस्था गर्न माग

बिआरटीनेपाल २०७९ पुष २० गते ४:२४ मा प्रकाशित

नेपाल निर्यात परिषद्ले निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै परिषद्ले आयातमुखी अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सवल बन्न नसक्ने भन्दै निर्यात प्रवद्र्धनका लागि सहुलियत दरमा बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

अध्यक्ष रेशमबहादुर पोखरेलले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्य गरिनुपर्ने पनि बताउनु भयाे । उहाँले नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसँग प्रतिष्पर्धी बनाउन निर्यातमुलक उद्योगका लागि १० वर्षसम्म विभिन्न छुटको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले विभिन्न देशमा रहेका नेपाली दुतावासमार्फत नेपालका निर्यात योग्य वस्तुहरु व्यापक रुपमा प्रचार गर्नुपर्ने बताउनु भयो । नेपाली उत्पादनलाई विश्वव्यापी मान्यता दिलाउन अन्तर्राष्ट्रिय मापदण्डअनुरुप ल्याव स्थापनाको पनि माग गर्नुभयो ।

परिषद्ले निर्यात दिवसको अवसरमा निर्यात प्रवर्द्धन हेतु पुस २१ र २२ गते काठमाडौंको ठमेलमा नेपाली निर्यात जन्य वस्तुहरुको वृहत प्रदर्शनी समेत आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू