अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

 देशभर थपिए ७ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ पुष २० गते ४:२२ मा प्रकाशित

 देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५२ जनाको पीसीआर र ५४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ६ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय