अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा पुस २६ गते विश्वासको मत लिने

बिआरटीनेपाल २०७९ पुष १८ गते ३:५९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनु हुने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । आम निर्वाचन २०७९ पछि प्रतिनिधि सभको पहिलो बैठक पुस २५ गते बस्दैछ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई पत्र लेखेर विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको हो ।

प्रचण्डले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गर्नुभएको हो । प्रचण्ड पुस १० गते ७ दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । पुस ११ गते प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ गर्नुभएको थियो । गठबन्धन सरकारले संसदबाट सरकार गठन भएको १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय