अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु

बिआरटीनेपाल २०७९ पुष १६ गते ५:१४ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।  शनिवार बालकुमारीमा रहेकाे पार्टी कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा गएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ ।

संघीय सरकारलाई समर्थन गरे पनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय