अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९
| Colorodo: 09:04
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच भएकाे भेटवार्तामा पार्टी एकताकाे विषयमा छलफल भएकाे हाे ।
डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको स्रोतले बताएको छ । यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको थियो ।
