अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

स्वीकृतिबिना नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीलाई गृह मन्त्रालयकाे निर्देशन

बिआरटीनेपाल २०७९ पुष १४ गते ३:४५ मा प्रकाशित

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज बिहीवार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउन हुन तथा त्यसकाे प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा याे निर्देशन जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस निर्देशन विपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय