अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६
| Colorodo: 12:21
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ को (२) अनुसार उहाँलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । यसअघि आजै प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएको थियो ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो । प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको प्रधानमन्त्री बन्नुभएको थियो ।
