अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७
| Colorodo: 16:32
नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेकाे बैठक केहीबेरअघि सकिएकाे हो ।
बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको पार्टीले जनाएको छ । बैठकले परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।
